Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लगनखेलबाट हजारको नक्कली नोटसहित १ जना पक्राउ


    सोमबार, असोज २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    ललितपुर महानगरपालिका वडा नम्बर ५ लगनखेल बसपार्कबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए।

    प्रहरीले मकवानपुरगढी गाउँपालिका घर भई ललितपुरको झरूवासी बस्ने ३२ वर्षीय कुमार वाइबालाई आइतबार बेलुकी पक्राउ गरेको हो।

    उनलाई प्रहरी प्रभाग लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो। वाइबाको साथबाट एक हजारका नक्कली नोट ११ वटा बरामद भएको हो।

    वाइबा नक्कली नोट लिएर लगनखेलको खुद्रा व्यवसाय गर्ने एक पसल पुगेका थिए। उनले त्यहाँ चुरोट किन खोजेका थिए। तर पैसा नक्कली परेको थाहा पाएपछि पसलेले प्रहरीलाई खबर गरेका थिए।

    त्यसपछि प्रहरीले वाइबालाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट नक्कली नोट बरामद पनि बरामद भएको थियो।

    प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार