Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी मोर्चाले आज धनगढीमा सन्देश सभा गर्दै


    सोमबार, असोज २९ २०८०
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। गत भदौमा स्थगित भएको समाजवादी मोर्चाको प्रदेशस्तरीय सन्देश सभा आज सोमबार हुदैछ ।

    समाजवादी मोर्चाले कैलालीमा आज प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको सहभागितामा सन्देश सभा गर्ने भएको स्रोतले बतायो । भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित भएको उक्त सन्देश सभा आज दिउँसो धनगढीमा आयोजना हुँदैछ।

    कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका मोर्चामा आबद्ध दलका शीर्ष नेता सहभागि हुँदैछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार