वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा चोरीपैठारी गरी भित्र्याइएका कम्प्युटर, ल्यापटप तथा पार्टसहरु ठूलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बरामद गरेको हो ।
वीरगन्ज-५ स्थित एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरबाट ५१ लाख २६ हजार मूल्य बराबरको कम्प्युटर, ल्यापटप तथा इलेक्ट्रोनिक्स सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।
डीएसपी कुमारविक्रम थापाका अनुसार भन्सार छली अवैध तरिकाले भित्र्याइएका इलेक्ट्रोनिक्स सामान सिंहको चार तल्ले घरको भुइँतलाको कोठामा भण्डारण गरेको पाइएको हो ।
भन्सार छली चोरी पैठारी गरेको खुलेकाले बरामद कम्प्युटर, ल्यापटप तथा अन्य सामग्री आवश्यक कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको थापाले बताए ।
प्रहरीले डेल कम्पनीको सीपीयू, ल्यापटप, मोनिटर, माउस, मोनिटर वायर, सीपीयू बक्स, हार्ड डिक्स, सीसीटीभी वायर, मदर बोर्ड, ग्राफिक्स कार्ड, कुलिङ फ्यान, ल्यापटप चार्जर, कम्प्युटर ब्याट्री लगायतका सामान बरामद गरेको थापाले जानकारी दिए ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend