Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भन्सार छली भित्र्याएका ५१ लाखको कम्प्युटर र ल्यापटप बरामद


    आइतबार, असोज २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा चोरीपैठारी गरी भित्र्याइएका कम्प्युटर, ल्यापटप तथा पार्टसहरु ठूलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बरामद गरेको हो ।

    वीरगन्ज-५ स्थित एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरबाट ५१ लाख २६ हजार मूल्य बराबरको कम्प्युटर, ल्यापटप तथा इलेक्ट्रोनिक्स सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।

    डीएसपी कुमारविक्रम थापाका अनुसार भन्सार छली अवैध तरिकाले भित्र्याइएका इलेक्ट्रोनिक्स सामान सिंहको चार तल्ले घरको भुइँतलाको कोठामा भण्डारण गरेको पाइएको हो ।

    भन्सार छली चोरी पैठारी गरेको खुलेकाले बरामद कम्प्युटर, ल्यापटप तथा अन्य सामग्री आवश्यक कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको थापाले बताए ।

    प्रहरीले डेल कम्पनीको सीपीयू, ल्यापटप, मोनिटर, माउस, मोनिटर वायर, सीपीयू बक्स, हार्ड डिक्स, सीसीटीभी वायर, मदर बोर्ड, ग्राफिक्स कार्ड, कुलिङ फ्यान, ल्यापटप चार्जर, कम्प्युटर ब्याट्री लगायतका सामान बरामद गरेको थापाले जानकारी दिए ।

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार