Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री किराँती भन्छन्- यो वर्ष १० वटा जहाज किन्छौँ


    आइतबार, असोज २८ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने दाबी गरेका छन् ।

    आज मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडदारमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले अहिले फ्युज बढेका कारण भाडा दर बढेको भन्दै चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए ।

    उनले सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए । उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडदारमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । उनले १० वटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने दाबी गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार