Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकार राजनीतिक भागबण्डामा रमायो : सचेतक बर्तौला


    शनिबार, असोज २७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले सरकार राजनीतिक रूपमा पदीय भागबण्डामा रमाएको बताएका छन् ।

    आज हेटौँडामा मदन भण्डारी फाउन्डेसन मकवानपुरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक बर्तौलाले देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा सरकार स्वार्थ अनुकूल भागबण्डामा केन्द्रित भएको बताएका हुन् ।

    जनताका समस्यालाई बेवास्ता गरेर सरकार राजनैतिक भागबण्डामा रमाएको उनले आरोप लगाए । उनका अनुसार सरकारले जनताका आधारभूत आवश्यकतालाई नजरअन्दाज गरिरहेको छ ।

    ‘वर्तमान अवस्थामा नागरिकहरू आर्थिक सङ्कटको मारमा छन् तर सरकार भागबण्डा गरेर पदको बाँडफाँडमा केन्द्रित छ ।’ उनले भने, ‘अहिले देश अवस्था राम्रो छैन । जनताहरू समस्यामा छन् । तर, सरकार भने जनताका समस्यालाई बेवास्ता गरेर पदीय भागबण्डामा सक्रिय भएको छ । सरकारले नागरिकहरूलाई लक्षित गरी कुनै पनि राम्रा काम गर्न सकेको छैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार