काठमाडौँ। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पदको शपथ आइतबार लिने भएका छन्।
आज शनिबार बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई सनाखत गराएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
अब उनलाई भोलि दिउँसो ३ बजेभित्र शपथ गराउने तयारी रहेको उनका निजी सचिव नरेन्द्र श्रेष्ठले जानकारी दिए।
‘माननीय केदार कार्कीले ४७ सांसदको सनाखत गराउनुभएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको छ’, श्रेष्ठले भने, ‘भोलि दिउँसो १ देखि ३ बजेभित्र शपथ हुन्छ।’
यसअघि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले पनि कांग्रेसका ८ जनासहित ४७ सांसदकै हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख खापुङलाई निर्णय गर्न गाह्रो भएको थियो।
त्यसपछि उनले आज दुवै पक्षलाई प्रदेश प्रमुख कार्यालयमा आई हस्ताक्षरमा सनाखत गर्न भनेका थिए। त्यस क्रममा कार्कीका पक्षमा कांग्रेसका ८ जना तथा एमालेका ३९ सांसद गरी ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगी हस्ताक्षरमा सनाखत गरेपछि कार्की मुख्यमन्त्री बन्न सफल भएका हुन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend