Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ढुंगा, गिट्टी, बालुवाको निकासी नखोल्न पूर्व राष्ट्रपतिद्वारा राष्ट्रपतिसमक्ष आग्रह


    बिहिबार, असोज २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व राष्ट्रपति डा. रामवरण यादवले अहिले बन्द गरिएको गिट्टी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराएका छन् ।

    पूर्व राष्ट्रपति डा यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरुसहित राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेललाई भेटेर सो ध्यानाकर्षण गराएका हुन् ।

    राष्ट्रपति पौडेलले पूर्व राष्ट्रपति डा यादवसहित विज्ञहरुले गरेको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको बताएको छ । पोखरेलकाअनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षण र देशको अन्नभण्डार रहेको तराई मधेसको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको पनि डा. यादवलगायतका विज्ञलाई बताएका थिए ।

    मन्त्रिपरिषद्को असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक स्वीकृत गरी संसदमा पेश गर्ने निर्णय गरेको थियो । सो विधेयकमा हाल बन्द भएको गिट्टी, ढुंगा, वालुवा उत्खनन गरी निकासी गर्ने बारेमा उल्लेख भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार