Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपप्रधानमन्त्री खड्का भन्छन्- देशलाई लागुऔषधमुक्त बनाउन सबै लाग्नुपर्छ


    बिहिबार, असोज २५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैको प्रयासबाट मुलुकलाई लागूऔषधमुक्त बनाउनुपर्ने गुनासो गरेका छन् ।

    आज बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश प्रहरीले सुरु गरेको लागु औषधविरुद्धको लालटिन अभियानको सुरुवात गर्दै उनले लागुऔषधले घर, समाज र सिंगो राष्ट्रलाई नै असर पारेको धारणा राखे ।

    ‘सबैको साझा सङ्कल्प र प्रयत्नबाट घर, समाज र राष्ट्रलाई लागूऔषधमुक्त बनाउन सकिन्छ । यस्का हामी सबैले संकल्प गर्नु आवश्यक छ’, उपप्रधानमन्त्री खड्काले भने ।

    उनले नाकामा हुने लागूऔषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । खड्काले लागु औषधको दुर्व्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै युवा प्रभावित रहेको तथ्याङ्क रहेको उल्लेख गर्दै उर्बर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि घातक भएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार