Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कारागारभित्र मास्क उत्पादन


    बिहिबार, चैत्र २० २०७६
    720
    Shares
  • २ मिनेट पाठ
  • चुरियामाई । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका कैदीबन्दीले मास्क उत्पादन गर्न थालेका छन्। कारागार प्रशासनका अनुसार कारागारको सजाय भुक्तानी गर्नु अगाडिदेखि  नै सिलाइ पेशामा रहेका सात कैदीबन्दीले मास्क उत्पादन थालेका हुन्।

    कोरोना भाइरस संक्रमणबाट बच्नका लागि भीमफेदी कारागारका कैदीले मास्क उत्पादन गर्न थालेको बताइएको छ। उक्त कारागारबाट दैनिक दुई सयदेखि तीन सय  मास्क उत्पादन हुने र हेटौंँडा तथा काठमांडौंँमा पठाइने गरेको कारागार प्रमुख जेलर प्रकाश खनालले बताए। बजारमा ३० रुपैयाँ देखि  ५० रुपैयाँ सम्ममा बिक्री हुने मास्क कारागारले २० रुपैयाँमा बिक्री गर्ने योजना बनाएको खनालले जानकारी दिए। माग भएमा दैनिक एक हजार  मास्क उत्पादन गर्न सक्ने कैदीबन्दीको भनाइ छ।

    यसका साथै कारागारमा गलैंँचा, मुडा र  बोधिचित्तको माला बुनाइलगायतका काममा कैदीबन्दी व्यस्त छन्। कारागारमा उत्पादन भएका सामग्रीहरु तेस्रो मुलुक निर्यात भए   पनि कोरोनाले विश्वव्यापी आक्रमण गरेपछि भने हाल यी कार्य रोकिएको उनको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार