Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशीको मुख्यमन्त्रीमा माओवादीका आङ्बोलाई अघि सार्ने गठबन्धनको निर्णय


    बिहिबार, असोज २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको छ ।

    आज बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

    कांग्रेसमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने पक्षमा एकमत हुन नसक्ने परिस्थिति बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले देउवाले माओवादीलाई सरकारको नेतृत्व दिन तयार भएका हुन् ।

    कोशी प्रदेशमा बहुमत पुग्न ४७ सीट आवश्यक पर्छ । कोशी प्रदेशमा सत्ता गठबन्धन दलमा रहेको नेपाली कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सीट छ ।

    संविधानको धारा १६८ (३) अन्तरगत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

    उनले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तरगत सरकार गठनको भोलि साँझसम्मको लागि समय दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार