Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ


    बिहिबार, असोज २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा एक २८ वर्षीय युवक पक्राउ परेका छन्।

    काभ्रे पनौती घर भई ललितपुर महानगरपालिका-२७ बस्ने २८ वर्षीय दीपक लामा पक्राउ परेका हुन्।

    उनलाई प्रहरी वृत चापागाउँबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।

    लामाविरूद्ध असोज २० देखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार