Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुदूरपश्चिम एमाले अधिवेशन : कृष्णप्रसाद जैशीको नेतृत्वमा सबै पदाधिकारी सर्वसम्मत


    बिहिबार, असोज २५ २०८०
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएको छ। साथै एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् ।

    अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।

    उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो ।

    अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिँदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि बिस्ट सर्वसम्मत भएकी हुन ।

    यस अघि आजै सचिवमा रतन रेग्मी फिर्ता लिँदा चन्द र अशोक चन्द फिर्ता लिँदा बिक सर्वसम्मत भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार