Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभापति देउवालाई भेटेर भीम पराजुलीले मुख्यमन्त्री मागेपछि…


    बुधबार, असोज २४ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । सत्तारुढ नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् ।

    बुधबार देउवालाई भेटेर पराजुलीले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् ।

    नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वाेच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि मुख्यमन्त्री बनेका नेकपा एमालेका हिक्मत कुमार कार्कीले पनि विश्वासको मत पाउने स्थिति नभएपछि पदबाट राजीनामा दिएका छन् ।

    थापा दुई–दुईपटक मुख्यमन्त्री पदबाट हट्नु परेपछि संसदीय दलको नेतामा उनको विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्र उठेको छ । संस्थापन र इतर समूहले दलको नेताको विकल्पका बारेमा छलफल गरिरहेका बेला पराजुलीले भेटेर आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार