भक्तपुर। भक्तपुर नगरपालिका-२ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि सवारीसाधनहरुको चेकजाँच गर्ने क्रममा एक युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा देकोचाबाट कालोपाटीमोडतर्फ जाँदै गरेको बा.प्रदेश ०२–०३४ प.२३२५ नं. को स्कुटी चालक भक्तपुरकै सूर्यविनायक नगरपालिका(६ सूर्यविनायक बस्ने वर्ष २८ को सुशान्त अवाललाई पक्राउ गरेको हो ।
उनको स्कुटीको डिकीबाट नोर्फिन – ४५ एम्पुल, डाईजोपाम – ४५ एम्पुल, फेनेरागन – ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज – १ थान र प्रयोग भएको सिरिन्ज – ६ थान फेला परेको प्रहरीले जनाएको छ ।
लागुऔषध फेलापारी स्कुटीसहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको परिसरका सूचना अधकिृत बसन्त पाठकले बताए ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend