Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार अभियोगका फरार पुरुष नौ वर्षपछि पक्राउ


    बुधबार, असोज २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जबरजस्ती करणी मुद्दामा एघार वर्ष सजाय सुनाइएका फरार प्रतिवादीलाई सिरहाको गोलबजार प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।

    सिरहा जिल्ला अदालतको २७ असोज २०७१ को फैसला अनुसार लगत नम्बर ४०१७ जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय सुनाइएका साविक मुक्सार गाविस ६ हाल गोलबजार नगरपालिका १ का २९ वर्षीय मनोजकुमार ठाकुरलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले फरार रही लुकेर बस्दै आएका ठाकुरलाई गोलबजार ४ बाट पक्राउ गरी आवश्यक कारबाहीका लागि सिरहा जिल्ला अदालत पठाउने कार्य भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार