Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले सुदूरपश्चिमकाे अध्यक्षका लागि ४ जनाको उम्मेदवारी, कसले मार्ला बाजी ?


    मंगलबार, असोज २३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचन कार्यालयले प्रकाशन गरेको प्रराम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्षका लागि अछामका कृष्ण प्रसाद जैसी, कमल तिमिल्सिना र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, बझाङका बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

    उम्मेदवारको नाम फिर्ता आजको समय १२ः३० देखि २ बजेसम्मलाई तोकिएको छ ।

    उक्त कार्यतालिका अनुसार आज दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन हुनेछ भने मतदानको समय मंगलबार साँझ ५ बजेलाई तोकिएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार