काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल संगठनमा सुशासन कायम गर्न लागेका छन् । सशस्त्र प्रहरी बलमा सुधार गर्ने उनको अभियान केही अधिकृतहरुको भ्रष्टाचारमोहका कारण ओझेलमा परेको छ । महानिरीक्षक अर्यालले परिवर्तन गर्न खोजे पनि केही अधिकृतका कारण सशस्त्र प्रहरी बलको छवि धमिलिने गरेको छ ।
यस्तै संगठनको छवि धमिल्याउने काम गरेका छन्–सशस्त्र प्रहरी बलका १८ नम्बर गण चोभार काठमाडौंका गणपति उद्धवबहादुर रावलले । गणपति (एसपी) रावलले गणको लागि भनेर लेखापाललाई ईटा खरिद गर्न लगाई आफ्नो घर निर्माणका लागि लगेको स्रोतले बताएको छ ।
१८ नम्बर गणकै ७५० नम्बरको गाडीमा उक्त ईटा एसपी रावलको ढुंगेधारा नर्सरीचोकमा निर्माण भइरहेको घरमा लगिएको छ । स्रोतका अनुसार गणका लागि खरिद गरिएको ईटा आइतबार बिहान पनि उक्त गाडीमा एसपीको नर्सरी चोकमा निर्माणाधीन घरमा लगिएको छ । बोगटी थरका चालकले गणका लागि किनिएको ईटा एसपीको घर बनाउन लगेका छन् ।
गणका लागि किनिएको ईटामात्र होइन, सशस्त्र प्रहरीको १८ नम्बर गणका १२ जवान पनि एसपीको घर निर्माणका लागि खटिएका छन् । घर निर्माण सुरु भएदेखि नै उनीहरु खटिएका हुन् । नर्सरी चोकका एक स्थानीयले भने–‘जनताको करबाट पालिएका राष्ट्रसेवक सशस्त्र प्रहरीलाई दिनरात एसपीले आफ्नो घर निर्माणमा खटाएको कुरा आइजीपी अर्यालले सायद थाहा पाएका छैनन् होला । नत्र यस्तो सशस्त्र प्रहरीको दुरुपयोग रोकिन्थ्यो कि ?’
गणका लागि खरिद गरिएको ईंटा घर बनाउन लाने, जवानहरुलाई घर निर्माणमा लाउने र आफूले प्रयोग गर्न लिएको मोटरसाइकल भाइको म्यानपावरलाई दिने कार्य सशस्त्र प्रहरी बलभित्र भइरहेका छन् ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend