काठमाडौं । सरकारले मुलुकको विकास र औद्योगिकीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिए पनि भित्रिएको मात्रा भने अत्यन्त न्यून छ । विदेशी लगानीकर्ताले नेपालमाका लागि गरेको प्रतिबद्धताभन्दा न्यून लगानी मात्र आउने गरेको हो ।
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा विदेशी लगानी प्रतिबद्धताको करिब ४४ प्रतिशत मात्र नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विदेशी लगानीकर्ताले २ खर्ब १ अर्ब २९ करोड रूपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सो अवधिमा ८८ अर्ब २० करोड रूपैयाँ मात्र विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । पाँच वर्षको तथ्यांकलाई आधार बनाएर विश्लेषण गर्दा प्रतिबद्धताको करिब ४३.८० प्रतिशत मात्र विदेशी लगानी नेपाल भित्रिएको देखिन्छ ।
विदेशी लगानीकर्ताले कबोल गरेको भन्दा निकै कम मात्र लगानी आउने गरेको पूर्वउद्योग सचिव चन्द्रकुमार घिमिरेले बताए । ‘सरकारी पक्षबाट पर्याप्त लगानी सहजीकरण नगरेपछि लगानीकर्ता हच्किन्छन्,’ घिमिरेले भने, ‘विदेशी लगानी ल्याउन नीतिगत सुधार र पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्छ ।’
घिमिरेका अनुसार विदेशी लगानीकर्ताले सडक, विद्युत्, जग्गा प्राप्तिलगायत प्रक्रिया झन्झटिला छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विदेशी लगानीकर्ताले नेपालमा ५० अर्ब १८ करोड लगानी गर्ने प्रतिबद्धता जनाए ।
सो आर्थिक वर्षमा विदेशबाट १८ अर्ब ८ करोड रूपैयाँ मात्र विदेशी लगानी भित्रियो । त्यसैगरी आव २०७७/७८ मा ३२ अर्ब ७ करोड प्रतिबद्धता आएकोमा १९ अर्ब ५ करोड, आव २०७६/७७ मा ३७ अर्ब ८० करोडमा १९.५ अर्ब, २०७५/७६ मा २५ अर्ब ४८ करोडमा १३.१ अर्ब र आव २०७४/७५ मा ५५ करोड ७६ लाख प्रतिबद्धता आएकोमा ७।५ अर्ब मात्र विदेशी लगानी भित्रिएको थियो ।
विदेशी लगानीकर्ताले पर्यटन उद्योग, सेवा क्षेत्र, मेनुफ्याक्चरिङ, ऊर्जा, कृषि, आइसिटीलगायत क्षेत्रमा लगानी गर्ने गरेका छन् ।
मुलुकको अस्थिर नीति, कानुनी र प्रक्रियागत झन्झटका कारण प्रतिबद्धता जनाएका पनि लगानी नभित्रिएको सरोकारवाला बताउँछन् । पटकपटक फेरिने ऐन, कानुनका कारण विदेशी लगानीकर्ता अझै पूर्ण विश्वस्त हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend