काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूहगत चरणका खेलमा बुधवार राती साबिक विजेता म्यानचेस्टर सिटी र पूर्व विजेता बार्सिलोनाले जित हात पारेका छन्।
पेरिस सेन्ट जर्मन-पीएसजी भने न्युकासलको मैदानमा ४-१ गोलले पराजित भयो। आरबी लेइपजिगको मैदानमा उत्रिएको म्यान सिटी ३-१ गोलले विजयी भयो। उसका लागि फिल फोडेन, जेरेमी डोकु र जेभियर अल्भारेजले गोल गरे।
दोस्रो हाफको सुरुवातमै १-१ गोलको बराबरीमा फर्किएको लेइपजिगले त्यसलाई कायम राख्न सकेन। २ खेलबाट ६ अंक भएको म्यान सिटी समूहको शीर्षस्थानमा छ।
बार्साले एफसी पोर्टोमाथि १-० को कठिन जित हात पारेको हो। बार्साका फेरान टोरेसले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।
लगातार दोस्रो जितसहित बार्सा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। अर्को खेलम न्युकासलले फ्रान्सको लिग च्याम्पियनमाथि सुरुवातबाटै दबाब बनाएको थियो।
पहिलो हाफमा २-० गोलले अगाडि रहेको न्युकासलले दोस्रो हाफ सुरु भए लगत्तै अर्को गोल थपेको थियो।
३-० गोलले पछाडि परेको अवस्थामा पीएसजीले १ गोल फर्काएको थियो। समूहमा २ खेलपछि न्युकासलको ४ र पीएसजीको ३ अंक छ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend