Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ७ गोल भएको खेलमा म्यान युनाइटेडमाथि वायर्न म्युनिखको रोमाञ्चक जित


    बिहिबार, असोज ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। युरोपियन च्याम्पियन्स लिगमा पूर्व विजेता बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ।

    बायर्नले समूहको आफ्नो पहिलो खेलमा बुधवार राती अर्को पूर्व विजेता म्यानचेस्टर युनाइटेडमाथि ४-३ गोलको जित हात पार्‍यो। वायर्नका लागि हेरि केन, लेरोय साने, सर्जी नाब्री र म्याथिस तेलले गोल गरे।

    खेलमा २-० गोलले पछाडि परेर पनि म्यान युनाइटेड पुनरागमन गर्ने प्रयासमा देखिएको थियो। इङ्लिस क्लबका लागि कासेमिरोले २ र राममस होजलुन्डले एक गोल गरे।

    अन्य खेलमा रियल म्याड्रिडले युनियन बर्लिनलाई १-० , आर्सनलले पीएसभीलाई ४-० गोलले हरायो भने र इन्टर मिलानले रियल सोसिडाडसँग १-१ गोलको बराबरी खेल्यो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार