Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियाे


    बिहिबार, असोज १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

    बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।

    उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको बताइएको छ ।

    जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाजबीच बाटोबाटै फर्किएको
    बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार