Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन विमानस्थलमा यात्रुको झोलाबाट पैसा चोरी गर्ने नेपाल एयरलाइन्सका लोडर पक्राउ


    बिहिबार, माघ १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यात्रुको झोलाबाट पैसा चोरेको आरोपमा नेपाल वायुसेवा निगमको लोडरको रूपमा कार्यरत एक जना पक्राउ परेका छन् ।

    नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा ती लोडरलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा दैलेख महावु गाउँपालिका-३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार रहेका छन् ।

    याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभी समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको प्रहरीको भनाई छ ।

    साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ ।

    थप कारबाहीको लागि उनलाई प्रहरी वृत्त गौशाला पठाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार