Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाइन्सले हवाई भाडामा छुट दिने


    आइतबार, मंसिर १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने भएको छ ।

    निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

    “अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ”, निगमले भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार