काठमाडौं । कञ्चनपुरमा एक महिलाको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ आईबिआरडीकी २७ वर्षीया लक्ष्मी घर्तीको हत्या गर्ने चार जना युवक डेढ महिनापछि पक्राउ परेका हुन् ।
साउन २९ गते आफ्नो घर आईबिआरडी बजारदेखि ‘घ’ गाउँस्थित मामाघर जान्छु भनी हिँडेकी लक्ष्मी भोलीपल्ट बिहान घर नजिकैको सडक क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । लक्ष्मीको हत्या भएको भन्दै किटानी दर्ता भएको थियो ।
त्यसलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले डेढ महिनापछि सफलता हात पारेको हो । घटनामा संलग्न रहेको भन्दै बेलौरी नगरपालिका वडा नम्बर १ बस्ने सरोज राना, सोही ठाउँ बस्ने १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका वडा नम्बर १ नौरङ्गा बस्ने ३३ वर्षीय सेनराज राना र नौरङ्गाकै पर्शु रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न राज कुमार रानाको खोजी भइरहेकाे प्रहरीले जनाएको छ । घटना रहस्यमयी भएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend