Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कञ्चनपुरमा महिला हत्या आरोपमा चार जना पक्राउ


    मंगलबार, असोज १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरमा एक महिलाको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ आईबिआरडीकी २७ वर्षीया लक्ष्मी घर्तीको हत्या गर्ने चार जना युवक डेढ महिनापछि पक्राउ परेका हुन् ।

    साउन २९ गते आफ्नो घर आईबिआरडी बजारदेखि ‘घ’ गाउँस्थित मामाघर जान्छु भनी हिँडेकी लक्ष्मी भोलीपल्ट बिहान घर नजिकैको सडक क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । लक्ष्मीको हत्या भएको भन्दै किटानी दर्ता भएको थियो ।

    त्यसलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले डेढ महिनापछि सफलता हात पारेको हो । घटनामा संलग्न रहेको भन्दै बेलौरी नगरपालिका वडा नम्बर १ बस्ने सरोज राना, सोही ठाउँ बस्ने १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका वडा नम्बर १ नौरङ्गा बस्ने ३३ वर्षीय सेनराज राना र नौरङ्गाकै पर्शु रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न राज कुमार रानाको खोजी भइरहेकाे प्रहरीले जनाएको छ । घटना रहस्यमयी भएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार