Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसियाली खेलकुद : नेपालले भारतविरुद्ध फिल्डिङ गर्दै


    मंगलबार, असोज १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ ।

    समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

    आजको खेलमा भारतले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।

    आजको नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, अभिनाष बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् ।

    प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा हङकङले पाकिस्तानको सामना गर्नेछ । त्यो खेल पनि मंगलबार नै खेलिने छ । यसैगरी अर्को क्वार्टरफाइनल खेल अफगानिस्तान र श्रीलङ्काबिच खेलिने छ । चौथो क्वार्टरफाइनल खेल बंगलादेश र मलेसियाबिच खेलिने छ । यी दुवै क्वार्टरफाइनल खेल बुधबार खेलिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार