?????????????????????????????????????????????????????????
भैरहवा । स्रोत नखुलेको १० लाख भारुसहित तीन जना रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ परेका छन् । १० लाख भारतीय रुपियाँसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नं. २७ गणका अनुसार आइतबार राति ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका तीन भारतीयको साथबाट बिओपी चेक पोस्ट अगाडिबाट चेक जाँचका क्रममा उक्त अवैध १० लाख भारु बरामद भएको हो ।
तीन जनामध्ये एक जनाको साथबाट नौ लाख र अन्य दुई जनाको साथबाट ५०/५० हजार भारु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २७ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताए । बरामद गरिएको सबै पाँच सय भारु नाेट रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको प्रहरी उपरीक्षक थापाले बताए ।
पक्राउ परेका राजु कौशलको साथमा नौ लाख तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा एक लाख भारतीय रुपियाँ फेला परेको थापाले जनाए।
पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ । बरामद रकम र दुईवटै भ्यान राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend