Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको १० लाख नगदसहित तीन भारतीय नागरिक रुपन्देहीबाट पक्राउ


    सोमबार, असोज १५ २०८०
    1.1K
    Shares
    ?????????????????????????????????????????????????????????
    नेपाल फेस
  • २ मिनेट पाठ
  • भैरहवा । स्रोत नखुलेको १० लाख भारुसहित तीन जना रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ परेका छन् । १० लाख भारतीय रुपियाँसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले पक्राउ गरेको हो ।

    सशस्त्र प्रहरी बल नं. २७ गणका अनुसार आइतबार राति ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका तीन भारतीयको साथबाट बिओपी चेक पोस्ट अगाडिबाट चेक जाँचका क्रममा उक्त अवैध १० लाख भारु बरामद भएको हो ।

    तीन जनामध्ये एक जनाको साथबाट नौ लाख र अन्य दुई जनाको साथबाट ५०/५० हजार भारु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २७ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताए । बरामद गरिएको सबै पाँच सय भारु नाेट रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
    पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको प्रहरी उपरीक्षक थापाले बताए ।

    पक्राउ परेका राजु कौशलको साथमा नौ लाख तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा एक लाख भारतीय रुपियाँ फेला परेको थापाले जनाए।

    पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ । बरामद रकम र दुईवटै भ्यान राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार