Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५ किलो चरेश सहित ठमेलबाट दुईजना पक्राउ


    आइतबार, असोज १४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ ठमेल स्थित कालधाराबाट प्रहरीले ५ किलो चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छि घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा छन् ।

    प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले शनिवार उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । आरोपीतहरुको साथबाट प्रहरीले ५ किलो चरेश बरामद गरेको हो ।

    यस घटनाबारे प्रहरी वृत्त लैनचौरले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार