लहान । सशस्त्र प्रहरी गण नम्बर ७ सिरहाका एसपी प्रमोद भारतीकै संरक्षणमा सिरहाका प्रत्येक नाकाबाट भन्सारछली तस्करी बढेको छ । सिरहाबाट ब्यापक तस्करी भइरकेको सूचनापछि राजस्व अनुसन्धान विभाग इटहरीबाट खटिएको टोलीले शुक्रबार राति माडरको सुकसैना नाकाबाट भित्रिएको ३६ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । बरामद उक्त कपडा दिनेश चौधरी नामक ब्यापारीको भएको स्रोतले बताएको छ । चौधरी स्थानीय ब्यापारी भए पनि लगानीकर्ता र काठमाडौंमा ब्यवस्थापनको काम भने एसपी भारतीका आफन्तले गर्ने गरेको स्रोतको दाबी छ ।
प्रमोद भारती सिरहाको एसपी भएदेखि नै माडर, ठाडी नाकाबाट ब्यापकरुपमा तस्करी हुँदैआएको छ । जसका कारण करोडौं भन्सार राजस्व अपचलन हुँदैआएको छ ।
यसअघि गएको भदौ २६ गते राजस्व अनुसन्धान इटहरीको टोलीले माडरको कालीचौकमा छापा हानी भन्सारछलीका २ गाडी कपडासहित २ जनालाई पक्राउ गरी लगेको थियो । उक्त गाडी पनि एसपी भारतीका आफन्तको भएको स्रोतले बतायो ।

राजस्वले कपडासहित २ जनालाई पक्राउ गरेपछि सशस्त्र प्रहरीको मधेश प्रदेश छिन्नमस्ता बाहिनीले २६ गते नै एसपी प्रमोद भारती र माडरका डीएसपी पवन खड्का (हाल सरुवा)लाई छानबिनका लागि तान्यो । ३ दिनपछि भदौ २९ मा एसपी भारती र खड्कालाई तत्तत् कार्यालयमै फर्काइयो । माथिल्लो निकायमा सेटिङ मिलाएर उनीहरु फेरि गण र गुल्ममा फर्किएका थिए ।
स्रोतका अनुसार राजस्वले छापा हानेर २ गाडी र २ जना पक्राउ गरेपछि ३ दिनसम्म तस्करी बन्द भयो । असोज २ गतेबाट तस्करी फेरि सुचारु भएको र त्यसको सूचना राजस्व कार्यालय इटहरीले पाएपछि शुक्रबार राति सुकसैनाबाट ३६ लाख बराबरको कपडा बरामद गरेको छ ।
केही महिनाअघि सिरहाको ठाडी नाकाबाट भित्रिएको तस्करीको २ करोड रुपैयाँ मूल्यबराबरको कपडा मिर्चैयाबाट प्याजको ट्रकमा राखी काठमाडौंतर्फ लाने क्रममा हेटौंडामा बरामद भएको थियो । माथिबाट प्याज राखी भित्रबाट कपडा राखी काठमाडौंतर्फ लाने क्रममा हेटौंडामा बरामद भएको थियो । उक्त कपडा समेत एसपीकै आफन्तको भएको स्रोतको दाबी छ ।

सशस्त्रका एसपी प्रमोद भारतीले सई बद्रीनाथ देवकोटालाई परिचालन गरी तस्करीको लाइन चलाउने गरेका छन् । दशै तिहार जस्ता पर्व नजिकिएकाले भारतबाट कपडादेखि चिनी लगायतका सामान नेपालमा आउने गरेका छन् । तस्करहरुले घुमुवा सई देवकोटामार्फत् सेटिङ गरी तस्करी चलाउने गरेका छन् । एसपीले नाका नाकामा तस्करीको सेटिङमा परिचालन गरेका विवादित घुुुमुवा सबैको सरुवा भए पनि देवकोटालाई भने बाहिनीले अझै पनि चलाएको छैन ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend