काठमाडौं । नियम–कानुनको खिल्ली उडाउँदै काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त जानुका ढकालले प्राधिकरणको स्वामित्वमा रहेको एउटा सरकारी गाडी आफ्नो श्रीमान विनोद पछाईलाई निजी प्रयोजनका लागि उपलब्ध गराएकी छन् ।
४२५७ नम्बर (सिल्भर कलरको स्कोरपियो) को सरकारी गाडी काठमाडौं उपत्यका विकास प्राधिकरण मातहतको भक्तपुर जग्गा एकीकरण आयोजनाको स्वामित्वमा छ । तर उक्त गाडी पछाईले २ वर्षदेखि आफ्नै निजी सवारी साधनजस्तो गरेर प्रयोग गरिरहेका छन् ।
यहाँसम्म कि तरकारी बोक्ने, छोराछोरीलाई स्कूल पठाउने, घुमघाम गर्ने काम पनि त्यही गाडीबाट गर्दै आएका छन् । उक्त गाडी रातो नम्बर प्लेटको छ । त्यसैले पनि पछाईलाई गाडी प्रयोग गर्न सजिलो भएको छ ।
सरकारको मातहतमा रहेका आयोजनाहरूले रातो नम्बर प्लेट राखेर गाडी गर्न खरिद गर्न सक्छन् तर यस्ता गाडी बढीमा एउटा÷दुई वटा मात्र खरिद गर्ने ब्यवस्था छ । सरकारी बिदाका दिनमा पनि फिल्डमा गई काम गर्नुपर्ने भएकाले जग्गा एकीकरण आयोजनाहरुले रातो नम्बर प्लेटका एउटा, दुई वटासम्म गाडी खरिद गर्नसक्ने छुुट दिइएको हुन्छ ।
‘प्राधिकरणमा आएपछि ढकालले भक्तपुर जग्गा एकीकरण आयोजनासँग रातो नम्बर प्लेटको एउटा गाडी भएको थाहा पाइन्, त्यसपछि प्राधिकरणका लागि भनेर भक्तपुरबाट गाडी मगाइन् । तर उक्त गाडी प्राधिकरणका लागि नभई आफ्नो श्रीमानलाई प्रयोग गर्न दिइन्–स्रोतले भन्यो । यहाँसम्म कि भक्तपुर जग्गा एकीकरण आयोजनाका कर्मचारीहरुले समेत आयोजनाको स्वामित्वमा रहेका गाडी जानुका ढकालका श्रीमाले प्रयोग गरिरहेका छन् भन्ने थाहा पाएका छैनन् ।
यस विषयमा जिज्ञासा राख्दा प्राधिकरणका लागि भनेर आफूहरुले गाडी उपलब्ध गराएको जवाफ उनीहरुले दिने गरेका छन् । ‘हामीले केभीडीएलाई गाडी उपलब्ध गराएका हौं । तर प्रमुख आयुक्तका श्रीमानले निजी प्रयोजनमा प्रयोग गरिरहेका छन् भन्ने थाहा थिएन’ भक्तपुर जग्गा आयोजनाका एक कर्मचारीले भने,‘यो त अति नै भयो । ट्राफिक प्रहरीलाई भनेर गाडी फिर्ता लिनुपर्छ ।’
भक्तपुर जग्गा एकीकरण आयोजनाका आयोजना प्रमुख कृष्ण महर्जन हुन् । उनीसँग सम्पर्क हुन सकेन । तर स्रोत भन्छ, पछाईले गाडी प्रयोग गरिरहेको महर्जनलाई समेत थाहा छैन । यो कुरा प्राधिरणका एक दुई जना उच्च कर्मचारीलाई मात्र थाहा छ ।’
पछाई बिजुली बजार प्रभु बैंकको ओपजिट मूल सडक भेट्ने ठाउ नजिकै बस्ने गर्छन् । उनले धेरैजसो ४२५७ नम्बरको गाडी सडक नजिकै पार्किङ गरिरहेका हुन्छन्–स्रोत भन्छ ।
२ बर्षदेखि प्राधिकरणको गाडी श्रीमानलाई निजी प्रयोगका लागि दुरुपयोग गर्न दिएकोबारेमा प्राधिकरणकी विकास आयुक्त जानुका ढकालसँग प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनले फोन रिसिभ गरिनन् ।
ढकालको कार्यसम्पादन क्षमता निकै कमजोर देखिएको छ । उनी आएपछि काठमाडौ उपत्यकामा विकासको जिम्मा पाएको केभीडीएको प्रगति अत्यन्त लाजमर्दो छ । तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयमा आएपछि उनलाई हटाउन धेरै प्रयास गरिन् । हटाउनकै लागि दुई पटकसम्म स्पष्टीकरण सोधिन् । तर रमेशकुमार सिंह मन्त्रालयको सचिवको रुपमा फेरि सहरीमा फर्केपछि ढकाललाई हटाउने योजना त्यत्तिकै तुहियो । सिहं सहरीमा रहेसम्म ढकाललाई हटाउने सोच कसैले बनाएनन् । स्रोत भन्छ, अहिले फेरि ढकाललाई हटाउने तयारी भएको छ । उनको कार्यसम्पादनमाथि बारम्बार गुनासो आउन थालेपछि वर्तमान सहरी विकासमन्त्री सीता गुरुङ ढकाललाई स्पष्टीकरण सोध्ने तयारीमा रहेको मन्त्रालयकै एक अधिकारीले बताए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend