Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा लकडाउन उल्लंघन गर्ने २ हजार ६७६ गाडी नियन्त्रण


    बुधबार, चैत्र १९ २०७६
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १९ चैत । नेपाल सरकारले लागू गरेको आदेश उल्लंघन गर्ने दुई हजार ६ सय ७६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको लकडाउन उल्लंघन गर्ने क्रममा ती गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको समयमा आदेश उल्लंघन गर्ने उक्त गाडी नियन्त्रणमा लिएको हो ।

    अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । नियन्त्रणमा लिएकामध्ये दुई पाङ्ग्रे दुई हजार ४०५ र चारपाङ्ग्रे २७१ रहेका महाशाखाले जनाएको छ ।

    घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाइ बुझाइ घरतर्फ नै फर्काइएको बताए ।
    अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको महाशाखा प्रमुख ढकालले बताए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार