Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • उद्योग बिभागका डीजीको अन्यायः दशैंको मुखमा १८ कर्मचारीलाई जागिरबाट निकालिंदै

    बर्षौं करारमा कार्यरत कर्मचारीमा रुवाबासी


    बिहिबार, असोज ११ २०८०
    4.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । उद्योग विभागभित्र १८ जना करार र अस्थायी कर्मचारीको म्याद आर्थिक बर्ष शुरु भएसँगै नथपिँदा तीन महिनादेखि तल्लो तहका कर्मचारी मारमा परेका छन् । विभागका महानिर्देशक बाबुराम गौतमले मन्त्री र सचिवको इशारामा कर्मचारीको म्याद नथपेको बताइएको छ ।

    हल्का सवारीचालक, कम्प्युटर अप्रेटर, कार्यालय सहयोगी तहका कर्मचारीको म्याद नथपिए पनि उनीहरु दैनिक काम गर्दै फर्किने गरेका छन् । म्यादथपका लागि पटक पटक करार कर्मचारीहरुले महानिर्देशक गौतम र प्रशासन शाखाकी निर्देशक रमिला भण्डारीसँग अनुरोध गरे पनि उनीहरुले माथिको आदेश भन्दै म्यादथपका लागि आनाकानी गरिरहेका छन् । गौतमले म्यादथप गर्नुपर्ने हो भने उद्योगमन्त्री रमेश रिजाल र सचिव मुकुन्द निरौलाको आदेश ल्याउन तल्लो तहका कर्मचारीलाई चुनौती दिएका छन् ।

    गौतम १८ जना करार कर्मचारीको म्याद नथपेरै अल्झाउने पक्षमा देखिन्छन् । थप्नै परे पनि आधा कर्मचारीलाई बिदा गरेर त्यसमा आफ्ना, मन्त्री र सचिवका आसेपासेलाई नियुक्ति दिने पक्षमा छन् । व्यापक दबाबका बाबजुद बुधबार म्यादथपका बारेमा टिप्पणी उठेको बताइए पनि त्यसले मूर्तरुप भने लिन पाएको छैन । दशैंको मुखमा करारका कर्मचारीको म्यादथप नगरी उनीहरुका परिवारमा रुवाबासीको अवस्था सृजना गरिएको छ । जीवनका महत्वपूर्ण समय विभागमा काम गरेका करारका कर्मचारीलाई दशैंको मुखमा जागिर खोसेर महानिर्देशक गौतमले उनीहरुको पेटमा लात हान्ने काम गरेका छन् ।

    कर्मचारीको शाखा सरुवामा पनि महानिर्देशक गौतमको उत्तिकै रुचि देखिएको छ । शाखामा आफ्नो अनुकूलका कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिने परिपाटीलाई गौतमले संस्थागत जस्तै गरेका छन् । अवधि नपुग्दै अनुमति शाखाकी अधिकृत ग्रिस्मा शर्मालाई ट्रेडमार्क शाखा पु¥याइएको छ भने ट्रेडमार्क शाखाका बसन्तबहादुर खत्रीलाई अनुमति शाखा लगिएको छ ।

    त्यसैगरी ट्रेडमार्क शाखाका उपसचिव मनोज रेग्मीलाई अनुमति शाखाको जिम्मेवारी दिने र सो शाखाका निर्देशक हरि पँगेनीको कार्यकाल दुई बर्ष पुग्न लागेका कारण स्वेच्छाले विभाग छाडेर मन्त्रालयको जिम्मेवारीमा फर्किने तयारीमा छन् ।

    अधिकृत र उपसचिवलाई गाडी, सहसचिव लुरुलुरु पैदल

    रेग्मी विभागभित्र महानिर्देशक गौतमका नजिकका हर्ताकर्ता कर्मचारी हुन् । हालैमात्र २० वर्ष अवधि पुगेर मन्त्रिपरिषद्को निर्णयबाट बढुवा भएका केमिकल समूहका उपसचिव प्रा.कृष्ण खरेल सहसचिवमा बढुवा भएका छन् । विभागमा सहसचिवको बोर्ड झुण्ड्याएर पुरानै कार्यकक्षमा बस्दै आएका खरेल यही असोज १८ गते अवकाश हुँदैछन् । उपसचिव र अधिकृतसमेतलाई विभागले सवारी साधन उपलब्ध गराएको छ । तर, शाखा प्रमुख हुँदासमेत सार्वजनिक सवारीसाधन चढेरै विभाग धाउने गरेका खरेल सहसचिवमा बढुवा भएपछि पनि सार्वजनिक सवारी साधनकै प्रयोग गरी कार्यलय धाउने गरेका छन् । उनकै समकक्षी गौतम महानिर्देशक छन् तर आफ्नै समकक्षीलाई अवकाशको मुखमा सम्मानस्वरुप सवारीसाधन उपलब्ध नगराएर गौतमले खरेलको तेजोबध गर्ने काम गरेको विभागभित्र चर्चा छ ।

    गौतम आएपछि खरेलले नेतृत्व गरेको शाखाको हरेक काममा भाँजो हाल्ने काम गर्दै आएका छन् । २० वर्ष उपसचिव पदमै रहेर अवकाशको मुखमा सहसचिवमा बढुवा भएका खरेललाई विदेश भ्रमणमा समेत गौतमले अवसर नै नदिएको आरोप छ । उनी विभागमा एकपटक पनि विदेश नजाने कर्मचारीमा पर्दछन् । जबकि विभागमा सरुवा भएर आउने प्रायः कर्मचारीले विदेश भ्रमणको अवसर पाउने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार