काठमाडौं । आर्थिक वर्ष ०७८र७९ मा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ विदेशी लगानी भित्रियो। यो विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताको ३४ दशमलव ३ प्रतिशत मात्रै हो। तर, सोही वर्ष लाभांशबापत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बाहिरियो। यसले नेपालमा लगानी गरे राम्रै प्रतिफल लैजान पाइन्छ भन्ने सन्देश दिएको विज्ञहरू बताउँछन्।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८र७९ मा विदेशी लगानीकर्ताले स्वीकृत रकमको ३४ दशमलव ३ प्रतिशत मात्रै लगानी ल्याएका थिए। राष्ट्र बैंकका अनुसार सो वर्ष १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ लगानी भित्रिएको थियो। तर, सोही वर्ष लगानीको लाभांशमार्फत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ हाराहारीमा बाहिरिएको छ।
आर्थिक वर्ष ०७७र७८ मा त विदेशी लगानी भित्रिएको भन्दा लाभांशबापत बाहिरिने रकम धेरै थियो। त्यो वर्ष १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ भित्रिएको थियो। लाभांशबापत २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ बाहिरिएको थियो। अर्थात्, बाहिरबाट आएको भन्दा ६ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ बढी रकम बाहिरिएको थियो।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीका लागि खर्बौंको प्रतिबद्धता हुन्छ। तर, मुस्किलले अर्बमा मात्रै रकम भित्रिने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। बरु, विदेशी लगानीकर्ताले बर्सेनि ठूलै रकम लाभांशबापत लैजाने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
राष्ट्र बैंंकको तथ्यांकअनुसार २७ वर्षमा ४ खर्ब ११ अर्ब ५० करोड ७२ लाख ९० हजार रुपैयाँ विदेशी लगानी स्वीकृत भयो। तर, त्यसको ३६ दशमलव २ प्रतिशत अर्थात् १ खर्ब ४८ अर्ब ९९ करोड २७ लाख २० हजार रुपैयाँ मात्रै लगानी नेपाल आयो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
– नारायणप्रसाद शर्मा काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend