बागलुङ। बल्देधुरी हत्या घटनाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । उक्त हत्या घटनामा कैद फैसला सुनाइएका बडिगाड गाउँपालिका–१० का तेजपाल भन्ने तेजेन्द्र छन्त्याल र सोही स्थानका राजकुमार घर्तीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले मंगलबार बागलुङ बजारबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
२०७७ फागुनको फागुपूर्णिमा (होली)को दिन बडिगाड गाउँपालिका–१० बल्देधूरीमा होली खेल्ने क्रममा झडप हुँदा भिरबाट खसालेर दुई युवाको हत्या गरेको मुद्दामा बागलुङ जिल्ला अदालतका जिल्ला न्यायाधिश डा. दिवाकर भट्टको इजलासले २०७९ साल पुष २६ गते छन्त्याल र घर्तीसहित १६ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । जन्म कैदको फैसला भएका छन्त्याल र घर्ती फरार रहेका थिए ।
बागलुङ जिल्ला अदालतले छन्त्याललाई २३ वर्ष ८ महिना र घर्तीलाई १५ वर्ष दुई महिना कैद सजाय तोकेको थियो । पक्राउ परेका दुई जनालाई लगत कट्टाको लागि मंगलबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिप्रका बागलुङका प्रनाउ केसीले बताए ।
२०७७ सालको चैत १५ गते फागुपूर्णिमा (होली)को दिन बडिगाडको वडा नम्बर १० सहित छिमेकी जिल्ला गुल्मी र प्युठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो । स्वतस्फूर्त रुपमा लाग्ने मेलामा रमाउन गएका युवाहरुबीच होली खेल्ने क्रममा बडिगाड गाउँपालिका–१० र निसीखोला गाउँपालिका–७ का युवाहरूबीच दोहोरो झडप हुँदा दुईजनाको मृत्यु भएको थियो । घटनामा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको ज्यान गएको थियो ।
घटनामा बडिगाड–१० का युवाहरुले कुटपिट गरेपछि भीरबाट खसालेर हत्या गरिएको आरोप लागेको थियो । घटनापछि प्रहरी अनुसन्धानमा पनि सोही कुरा खुलेको बताइएको थियो ।
घटनामा संलग्न भएको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर १० का १८ जना युवाहरु पक्राउ परेका थिए । पक्राउ परेकामध्ये १६ जनालाई बागलुङ जिल्ला अदालतले जन्मकैदको फैसाल सुनाएको थियो । फैसला अगाडी दुई जना तारेखमा छुटेका थिए । एक जना उच्च अदालतको आदेश र अर्का सर्वोच्चको आदेशमा छुटेका थिए । आदेश मानेर पुर्पक्षमा बसेका सबैलाई अदालतले जन्मकैदको फैसला गरेको थियो । घटना हुँदाका दिन १८ वर्ष नपुगेका एक बालकलाई भने सुधार गृह पठाइएको थियो ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend