Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा. त्रिपाठीलाई प्रदान


    आइतबार, असोज ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा मर्स्याङदी वाङमय प्रतिष्ठानले पहिलोपटक घोषणा गरेको एक लाख राशि र सम्मानपत्रसहितका सो पुरस्कार राष्ट्रपति पौडेलले त्रिपाठीलाई प्रदान गरेका हुन् ।

    कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. त्रिपाठी, पुरस्कार छनौट समितिका सदस्य डा. जयराज आचार्य, राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरे र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले पुरस्कार र प्रतिष्ठानका गतिविधिबारे प्रकाश पारेका थिए । राष्ट्रकवि घिमिरेको १०४ औँ जन्मजयन्तीका अवसरमा सो कार्यक्रम गरिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार