काठमाडौं । नेपालको हवाई क्षेत्रको नियमन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वटा ठूला अस्पतालमा हेलिप्याड राख्ने अनुमति दिएको छ ।
ह्याम्स हस्पिटल धुम्बाराही, ग्रान्डी इन्टरनेशनल हस्पिटल टोखा र मेडिसिटी हस्पिटल नख्खु ललितपुरलाई हेलिप्याड राख्ने अनुमति दिएको छ । यी तीन अस्पतालमध्ये सबैभन्दा सुरक्षित र बिरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न सहज ह्याम्स नै मानिन्छ । नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार ह्याम्स अस्पतालको हेलिप्याड उचाईमा भएकाले कम जोखिमपूर्ण छ ।
गम्भीर दुर्घटनामा परेका बिरामीको हेलिकोप्टरबाट तुरुन्तै उद्दार गरी अस्पतालमा उपचारार्थ लानुपर्ने हुन्छ । त्यस्ता बिरामीलाई तत्काल अस्पताल पुर्याएर ज्यान बचाउनकै अस्पतालमै हेलिप्याडको अनुमति प्राधिकरणले दिएको हो । ह्याम्स अस्पतालले कोरोना महामारीमा मात्रै हेलिकोप्टरमार्फत् उद्दार गरी ल्याइएका हजारौं बिरामीको ज्यान बचाएको छ ।
ह्याम्स अस्पतालले हेलिकोप्टरमार्फत् १ हप्ताअघि मात्र मुस्ताङमा लडेर गम्भीर दुर्घटनामा परेका बिदेशी नागरिकलाई ल्याएर उपचार गरी ज्यान बचाएको छ । यस्तै कयौं बिरामी हाम्रो जस्तो विकट हिमाली र पहाडी भेगमा दुर्घटनामा पर्नसक्छन्, हर्टएट्याक हुनसक्छ ।

नेपाल घुम्न आएका विदेशी पर्यटकहरुसमेत लेक लागेर वा हिमाल आरोहणका क्रममा लडेर दुर्घटनामा परेपछि हेलिकोप्टरमार्फत् सोझै अस्पतालको हेलिप्याडमा अवतरण गर्दा छिटो उपचार हुन्छ र ज्यान बच्छ । यसले नेपालका अस्पतालप्रति विदेशीको पनि विश्वास बढ्छ । त्यस्ता बिरामीलाई हेलिकोप्टरमार्फत् उद्दार गरी ल्याएर उपचार गरी ज्यान बचाउनकै लागि अस्पतालमा हेलिप्याड निर्माणको अनुमति सरकारले दिएको हो ।
ह्याम्स हस्पिटलले नागरिक उड्डयन प्राधिकरणका सबै प्रक्रिया पूरा गरी हेलिप्याड संचालन गर्दैैआएको छ । जग्गा खरिदबिक्री गर्दा, घर निर्माण गर्दा स्थानीय तहबाट सिफारिस लिएजस्तै अस्पतालले नागरिक उड्डयन प्राधिकरणका सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थानीय तहबाट सिफारिस लिएर हरेक बर्ष हेलिप्याडको नवीकरण गर्दैआएको छ । अस्पताललाई राज्यका सरोकारवाला निकायले संरचना निर्माण गर्न अनुमति दिएपछि त्यसको नवीकरण त नियमित प्रक्रिया अन्तर्गत हुने गर्दछ ।
ह्याम्स अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ का नागरिकलाई उपचारमा विशेष सहुलियत दिएको छ । अस्पताल भवन रहेको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ का मात्र होइन सँगैको काठमाडौं महानगरपालिका वडा नं.४ का बासिन्दालाई पनि उपचारमा सहुलियत दिएको छ । अस्पतालले बुढानीलकण्ठ र काठमाडौं वडा नम्बर ४ का मात्र होइन, देशभरका बिपन्न बिरामीले उपचारमा छुट पाएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend