काठमाडौं । प्रहरीले दाङमा खुकुरी प्रहार गरी महिलाको हत्या गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११, बेलटाकुराका ३९ वर्षीय टेकबहादुर हमाल छन् ।
सोही ठाउँकी ४३ वर्षीया रीता लामिछानेको हत्या गरेको आरोपमा शनिबार दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार आफ्नै घरअगाडि उभिरहेको अवस्थामा टेकबहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो । खुकुरी प्रहारबाट स्थानीय ४५ वर्षीय वीरबहादुर हमाल र उनकै आमा ६५ वर्षीया कमलाकुमारी हमाल समेत घाइते भएका थिए ।
सो सूचनापछि खटिएको प्रहरी टोलीले टेकबहादुरलाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको थियो । खुकुरी प्रहारबाट घाइते भएका दुवैजनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको थियो ।
वीरबहादुर उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् । नेपालगन्जस्थित नर्सिङहोममा कमलाकुमारीको उपचार भइरहेको छ ।
प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend