काठमाडौं । प्रहरीले दाङमा खुकुरी प्रहार गरी महिलाको हत्या गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११, बेलटाकुराका ३९ वर्षीय टेकबहादुर हमाल छन् ।
सोही ठाउँकी ४३ वर्षीया रीता लामिछानेको हत्या गरेको आरोपमा शनिबार दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार आफ्नै घरअगाडि उभिरहेको अवस्थामा टेकबहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो । खुकुरी प्रहारबाट स्थानीय ४५ वर्षीय वीरबहादुर हमाल र उनकै आमा ६५ वर्षीया कमलाकुमारी हमाल समेत घाइते भएका थिए ।
सो सूचनापछि खटिएको प्रहरी टोलीले टेकबहादुरलाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको थियो । खुकुरी प्रहारबाट घाइते भएका दुवैजनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको थियो ।
वीरबहादुर उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् । नेपालगन्जस्थित नर्सिङहोममा कमलाकुमारीको उपचार भइरहेको छ ।
प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend