Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हत्या आरोपी ३४ वर्षपछि पक्राउ परे


    आइतबार, असोज ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • मोरङ। भोजपुरमा ३४ वर्षअघि भएको बद्रीकुमार राई हत्याकाण्डका फरारमध्येका एकजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिकाको वडा–५ का बद्रीकुमार राईलाई ३४ वर्षअघि हतियार प्रयोग गरी घाइते बनाएका चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।

    आइतबार पत्रकार सम्मेलन गर्दै भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदिपराज पाठकले भने, ‘३४ वर्षअघिको घटनामा धारिलो हतियार प्रयोग गरी चक्रले २६ वर्षीय बद्रीको हात छिनालेका थिए। त्यसपछि बद्रीलाई उपचारका लागि अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको थियो। सो काण्डमा फरार रहेका चक्रलाई शुक्रबार सुनसरीबाट पक्राउ गरिएको हो।’

    पत्रकार सम्मेलनका क्रममा भोजपुर प्रहरी प्रमुख पाठकका अनुसार हत्या गरी फरार रहेका ६१ वर्षीय चक्रबहादुर राईलाई शुक्रबार धरान उपमहानगरपालिका–२० तरहराबाट पक्राउ गरिएको हो।

    ३४ वर्षअघि भएको घटनामा चक्रसँगै अन्य तीन जनाको खोजी प्रहरीले गरिरहेको पाठकले बताए। २०६० साल जेठ २७ गते घटनामा संलग्न भएका प्रतिवादीहरुलाई अदालतबाट समेत जन्मकैदको फैसला भइसकेको भोजपुर प्रहरी प्रमुख पाठकको भनाइ छ।

    यससँगै पक्राउ परेका चक्रबहादुरलाई जिल्ला अदालत भोजपुरमा आज उपस्थित गराउने उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार