काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको गुनासो गरेका छन् ।
केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य पौडेलले, ‘हाम्रा साथीहरु मन्त्रिमण्डलमा हुनुहुन्छ । राम्रो काम गरेको भनेर मैले देशभरि भाषण गर्न पाइन । मेरा साथी मन्त्री भएका कारण यस्तो उपलब्धी भयो भनेर कांग्रेसका कुनै पनि साथीले भन्न पाएको स्थिति छैन ।’
पौडेलले आर्थिक अवस्था दयनीय रहेको टिप्पणी गरे ।
‘३५ प्रतिशत सटरहरु आज बन्द रहेको व्यवसायीले भनेका छन् । खाद्यान्नमा महँगी १४ प्रतिशत बढेको छ,’ पौडेलले भने,‘एक बोरा चामलमा तिन समयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्नसक्नुपर्यो ।’
उनले भ्रातृ संस्थाको अधिवेशनमा आशंका राख्दै सभापति शेरबहादुर देउवासँग जवाफ पनि मागेका छन् ।
‘एक हजारको कमीटी बनाएर अधिवेशन सम्भव हुनसक्छ?’ उनले सभापतिसँग सोधे,‘उनीहरु अधिवेशनका प्रतिनिधि हुन्छन् कि प्रर्यवेक्षक हुन्छन् कि, छेउ किनारामा बसेर टुलुटुल हेरेर बस्ने हुन्छन्?’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend