Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १५ लाख नेपाली नक्कली नोटसहित इटहरीबाट दुईजना पक्राउ


    शनिबार, असोज ६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • इनरुवा। सुनसरी प्रहरीले इटहरीबाट १५ लाख नक्कली नोटसहित दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

    प्रहरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद एक हजार दरका १५ सय ८७ थान नक्कली नोट र पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको हो।

    प्रहरीका अनुसार नक्कली नोट विशेष सूचनाका आधारमा बरामद गरिएको हो। प्रहरीले १५ लाख ८७ हजार मूल्य बराबरको नेपाली नक्कली नोटसहित विवेक राई र अजय राईलाई नियन्त्रणमा लिइएकोे जनाएको छ।

    इलाका प्रहरी कार्यालय इटहरीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले पक्राउ परेका व्यक्तिको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताए।

    पत्रकार सम्मेलनमा प्रहरीले नक्कली नोटको जालो ठूलो हुनसक्ने भन्दै सुक्ष्म अनुसन्धान अघि बढाइएको जनाएको छ।

    पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले चाडबाड नजिकिएसँगै नक्कली नोटको कारोबार हुनसक्ने आशंका बमोजिम निगरानी र चेकजाँच बढाइएको बताए। सोही क्रममा नक्कली नोट सहित दुई जना पक्राउ परेको उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार