Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसिया पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने पुरुष पक्राउ


    शुक्रबार, असोज ५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। वैदेशिक रोजगारीका लागि मलेसिया पठाइने दिने भन्दै लाखौं रकम ठगी गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा हाल काठमाडौंको सेतोपुल बस्ने डोटी जिल्लाको शिखर नगरपालिका- २ का ३२ वर्षीय धनबहादुर बोगटी रहेका छन्।

    उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने बहानामा ३ लाख रुपैयाँ लिइ फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    प्रहरीले उनलाई बिहीबार सेतोपुलबाट नियन्त्रणमा लिएको हो। थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार