Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ


    बुधबार, असोज ३ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कपिलवस्तु। कुटपिट गरेर आफ्नै बाबुको हत्या गरेको आरोपमा वाणगंगा नगरपालिका-८, पुल चोकका विकास परियारलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ परेका २६ वर्षीय विकासले घरायसी सामान्य विवादमा आफ्ना बाबुलाई दाउराको चिरपटले हिर्काएका थिए।

    छोराको कुटाईका कारण ६० वर्षीय बुवा बल बहादुर परियारको टाउकोमा गहिरो चोट लागेको थियो। घाइते भएका परियारको उपचारका क्रममा कपिलवस्तु सामुदायिक अस्पतालमा मृत्यु भएको थियो।

    परियारलाई कर्तव्य ज्यान मुद्दामा कपिलवस्तु अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रियाअघि बढाएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार