Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्सामा घाँटी रेटिएको अवस्थामा घरभित्रै महिलाको शव भेटियो


    बुधबार, असोज ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • वीरगन्ज। पर्साको जगरनाथपुर गाउँपालिकामा एक महिलाको शव भेटिएको छ । जगरनाथपुर गाउँपालिका -५ मसिहानीकी अन्दाजी ४० वर्षीया कान्ति देवी मुखिया बिनको आफ्नै घरमा मंगलबार साँझ घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो ।

    इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार मंगलबार साँझ ५ बजेतिर घाँटी रेटिएको अवस्थामा बिनको शव उनकै घरमा भेटिएको हो । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको भेटिएको केसीले बताए।

    बिनका दुई छोरा र तीन छोरी छन् । छोरीहरूको विवाह भइसकेको छ भने कामको सिलसिलामा एकजना छोरा विदेश र अर्का छोरा हेटौँडा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएको केसीले जानकारी दिए ।

    मृतक बिनलाई मंगलबार दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी एकजना छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली पुगेको थियो ।

    घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले बताए ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार