काठमाडौं । मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टर अनियमितता र भ्रष्टाचारले थिलथिलो भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल मातहत स्थापित भए पनि ट्रमा सेन्टर हाल मेडिकल माफिया र निजी अस्पताल संचालकको कब्जामा छ ।
ट्रमा निजी अस्पतालको कब्जामा पुर्याउने कार्यमा सेन्टरका प्रमुख डा. बद्री रिजालको प्रमुख भूमिका छ । डा. रिजाल पनि निजी अस्पताल सन्चालक हुन् । ट्रमा सेन्टरमा आकस्मिक विभाग तथा ओ. पी.डी. मा विभित्र चोटपटक, सडक दुर्घटना, हाडजोर्नी, नसा सम्बन्धी बिरामी आउँछन् । आकस्मिक विभागमा आउने गम्भीर प्रकृतिका बिरामीलाई पनि हप्तांैसम्म बेड खाली छैन भनी इमर्जेन्सीमा राखिन्छ ।
विरामी र कुरुवालाई आजित पारेर त्यहाँ कार्यरत डाक्टरको निजी अस्पताल र ट्रमाका निर्दशक कार्यरत अस्पतालमा जान बाध्य पारिन्छ । र, लाखौं रुपैयाँ असुलिन्छ । प्रमुख रिजालले सुविधा सम्पन्न ट्रमा सेन्टरलाई रिफर अस्पतालका रुपमा परिणत गरेका छन् । प्रमुख डा. रिजालसहितका चिकित्सकले खोलेका निजी अस्पतालमा ट्रमाबाटै बिरामी पठाउने गरिएको छ ।
भनसुन र जसोतसो बेड पाएर वार्डमा भर्ना भएका विरामीलाई पनि बेडमा महिनौंसम्म अपे्रसन नगरी राखिन्छ । अप्रेसन गर्नु परे पनि अप्रेसनको महंगो औजार जो चिकित्सकले अप्रेसन गर्ने हो उसैलाई कमिसन दिने ब्यापारीमार्फत् बेडबेडमा ल्याएर व्यापार गरिन्छ । अस्पतालको फार्मेसीमा उक्त औषधि र औजार राखिंदैन र व्यापारी बोलाएर महंगोमा किन्न बाध्य पारिन्छ । उसको सामान नकिनेमा उपचारै र अप्रेसन नै रोकिन्छ ।
बेडमा भर्ना गरेका र ओपिडीमा उपचार र अपरेसन गर्न आउने बिरामीलाई ‘अहिले बेड खाली छैन, तपाईंको पालो ४–५ महिना लाग्छ’ भन्छन् । बिरामीलाई तपाईंको तुरुन्तै अप्रेसन गर्नुपर्छ भन्दै बिरामीलाई अत्याइन्छ र फेरि भनिन्छ– पैसा लाग्छ अप्रेसनको २५–३० हजार । औषधि र औजारको छुट्टै ४०–५० हजार लाग्छ भनिन्छ । बिरामीलाई फकाएर भोलिपल्टै ईएचएसमा अप्रेसन गरिन्छ । अप्रेसन, लाग्ने औषधि आफूलाई कमिसन दिने ट्रमा सेन्टर पछाडिको पसलमा पठाइन्छ भने ३०–४० हजारको हड्डीमा राख्ने पाता, किलाकाँटा आफूलाई कमिसन दिने व्यापारीसँग मगाइन्छ । अपरेसन कोठा अगाडि नै व्यापार हुन्छ । गरिव बिरामीलाई वेड छैन र पालो छैन भन्ने तर पैसा तिर्ने र आफूलाई कमिसन आउने बिरामीलाई भने भोलिपल्ट नै अप्रेसन गर्ने ? एक बिरामीका आफन्तको प्रश्न छ–ट्रमा सेन्टर कस्तो अस्पताल हो स्वास्थ्यमन्त्रीज्यू सरकारी वा निजी ?
ट्रमाका डा. रिजाल प्रमुख नियुक्त भएपछि उनी आफ्नो निजी अस्पताल अल नेपाल अस्पतालमा बिरामी पठाउने, दिउँसै कार्यालय समयमै आफ्नो निजी अस्पतालमा गएर बिरामी जाँच्ने, ट्रमा सेन्टरमा नियमविपरीत प्रक्रिया नपुर्याई लेनदेनमा ब्यवस्थापन समिति अध्यक्ष तथा प्रतिष्ठान रजिस्ट्रारलाई थाहै नदिई कर्मचारी नियुक्ति गर्ने गरेका छन् ।
अस्पतालमा पदपूर्ति समिति गठन गर्न भाँजो हाली सिधा निवेदन र पैसा उठाई कर्मचारी नियुक्ति गरिरहेका छन् । आफूनिकट लाई ठेक्का दिन सेटिङमा बोलपत्र आह्वान गरेका छन् । डा.रिजालका कारण ट्रमा सेन्टरमा आर्थिक र प्रशासनिक अनियमितता बढेको छ भने बिरामीलाई लुटिएको छ । ट्रमाको लुट र बेथितिमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ध्यान कहिले जाने हो ?
डा रिजालको गिरोह निजी अस्पताल र मेडिकल माफियाको योजनामा अहिले न्याम्स वीर अस्पताल नै कब्जा गरेको छ । ट्रमा सेन्टर र वीर अस्पताललाई निजी अस्पताल जस्तो बनाउन प्रयास गरिरहेका छन् । न्याम्सका उपकुलपति र स्वास्थ्य मन्त्रीको ध्यान लुट रोक्नेतिर कहिले जाने हो ?
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend