Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


    मंगलबार, असोज २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले उनीहरुलाई घट्टकुलोबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा खोटाङ घर भएका ४५ वर्षीय राजकुमार गुरुङ र सुनसरी घर भएका २८ वर्षीय उदय गुरुङ गरेका छन् ।

    दुई जनाले जापानमा कुकमा जागिर लगाइदिन्छु भन्दै टेकप्रसाद गौतमसँग पटक–पटक गरी दुई लाख सत्तरी हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । उनीलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार