उदयपुर । ललाई फकाई गरि बालिकालाई प्रलोभनमा पारि बिक्रि गर्न लैजादै गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका– ६ जलजले चेक पोष्टमा खटिएका ईलाका प्रहरी कार्यालय जलजलेका टोलीले चेक जाँचको क्रममा शंका लागि नियन्त्रणमा लिएको हो ।
गाईघाटबाट सिराहाको लहान तर्फ जाँदै गरेको प्रदेश नम्बर ३ –०२–२२ प ५०१० नम्बरको मोटरसाईकलको पछाडी राखि १५ वर्षिय बालिकालाई लिएर जाँदै गरेको अवस्थामा प्रहरीले शंका लागि चेक जाँचको क्रममा बालिकालाई ललाई फकाई गरि बालिकालाई प्रलोभनमा पारि बिक्रि गर्न लैजादै गरेको खुलेका हुन ।
प्रहरीले मोटसाईकल सहित सिराहाको साबिक सोनावती मझौला गाउँपालिका–८ अहिले लहान नगरपालिका– १९ का २८ वर्षिय सतिशकुमार यादब, त्रियुगा नगरपालिका– १० का ब्रोदर्श रेष्टुरेन्टको मालिक २७ वर्षिय अनिल शिवा समेत ३ जनाको संलग्न रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नाबय उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिए ।
उनीहरुलाई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको आरोपमा उदयपुर जिल्ला अदालतबाट ७ दिनमो म्याद थप गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend