Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • राष्ट्र बैंकले पहिलो पटक घर बनाउँदा २ करोडसम्म ऋण दिने


    मंगलबार, असोज २ २०८०
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पहिलो पटक नेपाल राष्ट्र बैंकले घर किन्दा २ करोडसम्म ऋण दिने निर्णय गरेको छ ।

    राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई थप स्पष्ट पार्दै २ करोडसम्म लोन पाइने सूचना निकालेको हो ।

    आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि वा अपार्टमेन्ट खरिद लागि बैंक तथा वित्तीय संस्थाबाट २ करोडसम्मको आवासीय घर कर्जा लिन सकिने सहज व्यवस्था गरिएको छ ।

    तीन हजार वर्ग फिटसम्मको घर निर्माण/खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कनको आधारमा ७० प्रतिशतसम्म यस्तो घर कर्जा प्रवाह गर्ने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार