काठमाडौँ ।साताको दोस्रो कारोबार दिन सोमबार अन्ततः सेयर बजार सम्हालिएको छ ।
ब्याजदर वृद्धिका कारण आइतबार ४२ अंक घटेको सेयर बजार सोमबार भने ४ अंक बढ्यो । सो अंकको वृद्धिपछि नेप्से १९६९ अंकमा कायम भएको छ ।
कारोबार रकम भने जम्मा ८७ करोड ४ लाखमा खुम्चिएको छ । हिजो २ अर्ब २ करोडको कारोबार भएको थियो । कुल १४९ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो भने १५ को स्थिर रहृयो ।
बैंकिङबाहेकका सबै उपसमूह बढेका छन् । सो उपसमूह ५ अंक घट्यो । विकास बैंक १४, फाइनान्स १५, होटल तथा पर्यटन ४०, जलविद्युत् २०, जीवन बीमा ३४, उत्पादन १९, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ५९, अन्य ७ र ब्यापार उपसमूह ४८ अंक बढे । इमर्जीङ नेपाल र थ्रीस्टार हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो भने शुभम् पावरको मूल्य १० प्रतिशत नै घट्यो । कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, साल्ट ट्रेडिङ, एभरेस्ट बैंक र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend