काठमाडौँ। आज साताको दोस्रो कारोबार दिन सोमबार स्थानीय बजारमा सुन र चादीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको हो।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य एक लाख १२ हजार पाँच सय रूपैयाँ निर्धारण गरिएको छ। आइतबार प्रतितोला एक लाख १२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ महँगो भएको छ।
त्यस्तै तेजावी सुनको मूल्य सोमबार एक लाख ११ हजार ९५० रूपैयाँमा कारोबार भएको छ। आइतबार एक लाख ११ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस १९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आज स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चाँदीको कारोबार प्रतितोला १४ सय पाँच रूपैयाँमा भएको छ।
आइतबार १३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो। जसअनुसार चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend