Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा आज ४२ दशमलव १४ अङ्कको गिरावट


    आइतबार, भाद्र ३१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२ दशमलव १४ अङ्कले घटेको छ।

    नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार ९ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो।

    यसदिन दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर ७२ हजार चार सय ७७ पटक खरिद-बिक्री हुँदा रू दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार ६ सय १० बराबरको कारोबार भएको छ।

    सबै समूहको उपसूचक घटेकोमा सबैभन्दा धेरै व्यापार समूहको उपपूचक तीन दशमलव ३३ र वित्त समूह तीन दशमलव ३० प्रतिशतले घटेको छ। बैंकिङ एक दशमलव ४२, विकास बैंक दुई दशमलव ५९, होटल तथा पर्यटन तीन दशमलव २९, जलविद्युत् दुइ दशमलव ७९ र लगानी समूहको उपसूचक एक दशमलव ९१ प्रतिशतले घटेको छ।

    त्यस्तै, जीवन बीमा समूहको उपसूचक दुई दशमलव ९७, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६०, लघुवित्त एक दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा दुई दशमलव ५९ र अन्य समूह एक दशमलव ९९ प्रतिशतले घटेको छ।

    शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९ दशमलव २१ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रू २७ करोड ५४ लाख ७३ हजार ७२ बराबरको शेयर किनबेच भएको छ।

    कारोबार भएका शेयर संख्याका आधारमा भने रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चार लाख ८७ हजार एक सय ८६ कित्ता शेयर खरिद-बिक्री भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार