काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार बजारमा आइतबार केही तरकारीको मूल्य घटेको छ। समितिका अनुसार शनिबार ११६ रुपैयाँ प्रतिकिलो रहेको सेतोमूला आइतबार ९५ रुपैयाँ तोकिएको छ।
यस्तै, शनिबार ९५ रुपैयाँ प्रतिकिलो रहेको स्थानीय काउली आइतबार ७० रुपैयाँ निर्धारण गरिएको छ।
समितिले आइतबारका लागि नेपाली गोलभेँडा सानो प्रतिकिलो ५०, भारतीय ठूलो गोलभेँडा पनि ५०, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ५६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ।
बजारमा गाजर प्रतिकिलो १२०, घ्यूसिमी लोकल ६०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोसा ९०, तितो करेला ७०, लौका ३०, परवल लोकल ४०, हरियो फर्सी ४०, घिरौँला ३० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
त्यसैगरी, डल्लेच्याउ प्रतिकिलो ३८०, कन्य च्याउ २२०, कुरिलो ४५०, ब्रोकाउली ३००, भिण्डी ३०, रायो साग ८०, तोरीको साग ५०, हरियो प्याज १५०, काँक्रो लोकल १२० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।
फलफूलतर्फ केरा दर्जनको १५०, फूजी स्याउ २५०, अनार ३५०, अंगुर कालो ४५०, तरबुजा ५०, मौसम १५०, लोकल नासपाती ८०, भारतीय मेवा १००, एभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend